हाथवे इन्भेष्टमेन्टले ५५ प्रतिशत सम्म लाभांश दिने, साढे १४ करोडको आइपीओ निष्कासन गर्दै

३ भाद्र २०७८, बिहीबार ०५:०२

भदौ ३, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सेयरधनीहरुलाई ५५ प्रतिशत लाभांश दिने घोषणा गर्दै सर्वसाधारणलाई सेयर जारी गर्ने प्रकृया अगाडि बढाएको छ ।

सेयर बजारको ठूलो खेलाडिको रुपमा परिचित हाथवे कम्पनीले यसका लागि यहि भदौ २५ गतेका लागि वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको जारी पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ। यसको साढे १२ प्रतिशत सेयर अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँको सेयर जारि गर्ने छ ।

जसमा साधारण प्रस्ताव अन्तर्गत सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ भने २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीको ठूलो लगानीकर्ताको रुपमा आइएमइ ग्रुप, प्रभु ग्रुप, भाटभटेनी ग्रुप लगायत छन्। तर पनि लगानीको ठूलो हिस्सा भने सेयर मा नै रहेको छ।

 

कम्पनीले भदौ २५ गते दिउँसो २ बजे कम्पनी रजिष्टर्ड कार्यालय लैनचौरमा साधारणसभा  बोलाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *