सुनचाँदीको भाउ फेरि उकालो लाग्दै, साताभरमा सुन प्रतितोला १,५०० रूपैयाँले वृद्धि

४ भाद्र २०७८, शुक्रबार ०६:५८

भदौ ४, काठमाडौं । एक सातामा सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको भाउ ओरालो लाग्दा प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत साताको शुक्रबारको तुलनामा यस साता सुन एक १५०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य शुक्रबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँ भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १७८६.२३ डलर र चाँदी प्रतिऔंस २८.५२ डलरमा कारोबार भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *