७ भदौ, काठमाडौं । सिभिल लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि ८५ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक पद बाहेक सबै पदमा स्थायी नियुक्ति हुने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्य नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत आवेदन दिन सकिनेछ ।
