कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता, बैंकका ग्राहकलाई २० % छुट

८ भाद्र २०७८, मंगलवार १३:५५

८ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले जावलाखेल, ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *