अब घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुदै

१० भाद्र २०७८, बिहीबार १२:३०

१० भदौ, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण जानकारी दिएका छन् । टेस्ला कम्पनीले बनाईरहेको ह्युमानोइड रोबोट घरेलु कामदारको रुपमा काम गर्ने उनको भनाई छ।

आगामी वर्षसम्ममा यो रोबोटको प्रथम प्रारुप अर्थात् प्रोटोटाइप तयार गरिने मस्कले बताएका छन् । यो रोर्बोटलाई खासगरी जोखिमपूर्ण तथा दिक्कलाग्दा काम, जुन प्रायः मानिसहरुले गर्न चाहँदैनन्, त्यस्ता काम गर्नका लागि डिजाइन गरिएको हा । टेस्ला रोबोटको उचाइँ ५.८ इन्च हुनेछ भने वजन १२५ पाउण्ड हुनेछ ।

टेस्लाको एक कार्यक्रममा बोल्दै व्यवसायी एलन मस्कले उक्त रोबोटले कारका पेचकिला कस्नुका साथै पसलहरुमा किराना सामानहरु ल्याउने लगायतका काम पनि गर्न सक्ने बताएका छन् । टेस्लाका कारखानामा अटोमेटेड मेसिन र अनुभवको फाइदा यो रोबोटलाई मिल्नेछ र उत्कृष्ट तरिकाले यसको निर्माण गरिनेछ ।

एलन मस्कले कम्पनीमा काम गर्ने श्रमिकहरुको अभावतर्फ संकेत गर्दै उक्त रोबोटले अर्थव्यवस्थाका लागि गहन प्रभाव पार्ने जिकिर गरेका छन् । तथापि यो रोबोटलाई सस्तो र सुलभ बनाउनु टेस्लाका लागि चुनौतिको विषय रहेको मस्क स्विकार्छन् ।

मस्कका अनुसार यस रोबोट मानिसका लागि साथीजस्तै हुनेछ तर मानिसलाई जित्न सक्नेछैन । उक्त रोबोटमा अनुहारको रुपमा स्क्रिन रहनेछ ।दुईजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds