सिजीले ल्यायो दशैं तिहार लक्षित ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ योजना

२८ भदौँ, काठमाडौँ । सिजीले दशैं तिहारलाई लक्षित गरी ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको छ ।
त्यस्तै यो योजना अन्तर्गत ग्राहकले सिजीको माइक्रोवेभ ओभनको खरिदमा २८ सय बराबरको कुकिङ किट र क्यासब्याक, एसीको खरिदमा ४ हजार बराबरको निःशुल्क जडान तथा क्यासब्याक र सिजी डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा ५५ हजारसम्मको महाबचत योजना र प्रत्येक १५ दिनमा लक्की ड्रमार्फत् सिजीको डबल डोर रेफ्रिजेरेटर ५ जनाले जित्न सक्नेछन् । बम्परमा ३ जोडीले २ रात, ३ दिनको मेघौली सेराइको प्याकेज समेत जित्न सक्नेछन् ।
सि.जी.का सामानहरु खरिद गरेपश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीऐसऐच टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं। लेखि ३१००१ मा पठाउनु पर्नेछ । कम्पनीले यो योजना भाद्र २५, २०७८ देखि सिमित अवधिका लागि देशैभर लागू गरिएको जनाकारी दिएको छ ।