कामना सेवा विकास बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा
१ आश्विन २०७८, शुक्रबार ११:४३
१ असोज, काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् ।
साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउनेछन् । यो खाता अनलाईन माध्यमबाट पनि खोल्न सकिने छ ।