चिरायु अस्पताल र औषधि व्यवसायीबीच सम्झौता
३ आश्विन २०७८, आईतवार १४:०४
३ असोज, काठमाडौं । चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच एक सम्झौता भएको छ । हस्पिटल र व्यवसायीबिच आइतबार विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मिगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताउँदै भने, ‘यस संघले औषधिसँग सम्बन्धित निति नियम निर्माणमा ठुलो भूमिका खेलेको छ । यस संघमा २१ सय भन्दा बढी व्यवसायीहरू आबद्ध छन् । हाम्रो यो सम्झौता पहिलो हो । यस सम्झौताबाट थप सहजता हुनेछ ।’
त्यस्तै, चिरायु नेशनल हस्पिटलमा सबै किसिमका बिरामीहरूका लागि गुणस्तरीय सेवा दिँदै आइरहेको अस्पतालका सञ्चालन निर्देशक चन्देश्वर बैधले बताए । यस अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध रहेको उनले बताए ।