Banking Khabar
कला र साहित्य

प्रियंका कार्कीलाई पुत्रीलाभ

September 22, 2021
सेयर:

काठमाडौं- अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ। कार्कीले छोरी जन्मिएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी हुन्।

दुई दिनअघि आफ्नो युट्युब च्यानलमा आफ्नो प्रेग्नेन्सीको अन्तिम हप्ता भएको बताउँदै उनले एक भिडियो राखेकी थिइन्।

बुधबार उनले आफ्नो फेसबुकमा आफूसँगै श्रीमानले छोरी बोकिरहेको तस्बिर राख्दै आफूलाई सन्तान प्राप्ति भएको जानकारी दिएकी हुन्।

उनले लेखकी छिन्, ‘हाम्री सानी परि। यो संसारमा हाम्री सानी परिलाई स्वागत छ।’ उनले छोरीको नाम आयंका कार्की जोशी उल्लेख गरेकी छन्।