Banking Khabar
Heading3

जीडब्लुएमको चाडपर्वलक्षित योजना : ६ लाखसम्मको लाभ हुने अफर उपलब्ध गराउँदै

September 22, 2021
सेयर:

काठमाडौं– नेपालका लागि ग्रेट वाल मोटर्स (जीडब्लुएम)को आधिकारिक बिक्रेता भीजी इम्पेक्सले यसपालिको दशैं, तिहार तथा छठ पर्वका लागि ६ लाख रुपैयाँसम्म फाइदा हुने अफर उपलब्ध गराएको छ।

यो अफर जीडब्लुएमको दुई एसयूभी थर्ड जेन हाभाल एच६ र हाभाल जोलियनका साथै पिक अप पोयरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

नेपालको एसयूभी र पिक अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्यसहित यो अभियान ल्याइएको कम्पनीले जनाएको छ।

विगत ११ वर्ष देखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा हाभाल नै रहेको कम्पनीले बताएको छ। यसको विश्वव्यापी बिक्री ६५ लाख एकाई भन्दा बढी छ। हाभाल एच६ को  विश्वव्यापी बिक्री ३५ लाख एकाई भन्दा धेरै छ, जसकारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी भएको छ।

यसैगरी चीनको घरेलु बजारमा मात्र हैन, २३ वर्षसम्म लगातार सबैभन्दा धेरै निर्यात हुने पिकअप पोयर चीनको नम्बर १ ब्राण्ड भएको छ। विश्वभरी १९ लाख बिक्री भएको यो ब्राण्डले घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ।