Banking Khabar
Heading3

सामान्य अंकले बढ्यो नेप्से

September 23, 2021
सेयर:

काठमाडौं– सेयर बजार सूचक नेप्से बिहीबार सामान्य अंकले वृद्धि भएको छ।

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकको बृद्धि भएको हो। नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ।

आज ७ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ। बुधबार ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको थियो। आज कारोबार भएका बैंकिङ र फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन्।

कारोबारमा ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। उपसूचकमा बैंकिङ र फाइनान्स समूहबाहेक सबैमा गिरावट देखिएको छ।

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनी को सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था को सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। आज यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ।

आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यी कम्पनीको सेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ।