Banking Khabar
Heading3

शाओमी नेपालको टेलिभिजनमा दशैं अफर –“मी लिएको छैन”

September 24, 2021
सेयर:

काठमाडौं- ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ। मी फ्यानहरूले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरू प्राप्त गर्नेछन्।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “देशमा शाओमी टेलिभिजनको लन्च भए देखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँ जसमा हाम्रा उपकरणहरूमध्ये प्रिमियम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रूपमा परिणत भएका छन्। दशैँलाई लक्षित गर्दै शाओमीले ग्राहकहरूलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरूमा आफ्ना प्रियजनहरूसँग आफुलाई मनपर्ने कार्यव्रmमहरू हेर्नको लागियो विशेष छुटको अफर ल्याएको हो।”

टेलिभिजनको एमआरपी दरहरू र उनीहरूमा पाइने विशेष छुटहरू यस प्रकार रहेका छन् :

यो अफर सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

यसका साथै शाओमी नेपालले ‘महापर्वको उमङ्ग’को ट्यागलाइनअन्तर्गत ‘दशैँ विथ मी’ नामको दशैँं अभियान पनि चलाईरहेको छ।

यस अफर अन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा, दुई भाग्यशाली ग्राहकहरूले दैनिक मी ब्लू टूथ स्पीकर पाउनेछन्। यो अभियान भदौ १६ गते मा शुरू भएर यसको समापन भने असोज २९ गते हुने कम्पनीले जानकारी दिएको छ।

ग्राहकहरूले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्।