ट्रकले ठक्कर दिंदा प्रतिक्षालयमा गाडी कुरेर बसेका आमा–छोराको गयो ज्यान

रुपन्देही- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई छन् ।
उनीहरु आमा–छोरा भएको प्रहरीले जानकारी दिएको छ । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।