विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए

यससँगै कुल मृतकको संख्या ४७ लाख ९६ हजार २१९ पुगेको छ । कुल संक्रमित २३ करोड ४५ लाख २१ हजार २२३ मध्ये हालसम्म २१ करोड १३ लाख १४ हजार ७८२ जना निको भइसकेको छन् ।
पछिल्लो २४ घण्टामा मात्र ४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये अमेरिकामा मात्र ७३ हजार, टर्कीमा ३२ हजार, बेलायतमा ३१ हजार, भारतमा २८ हजार ब्राजिलमा २० हजार र रुसमा १८ हजार बढी कोरोना संक्रमित निको भएका छन् ।