Banking Khabar
Heading3

युनिलिभरको साधारण सभा कात्तिक ११ गते, प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश पारित हुँदै

October 6, 2021
सेयर:

काठमाडौं– युनिलिभर नेपाल लिमिटेडको २८औं वार्षिक साधारण सभा कात्तिक ११ गते हुँदै छ।

कम्पनीले कर्पोरेट अफिसबाट भिडियो कन्फरेन्सबाट साधारण सभा गर्ने तयारी गरेको छ।

सभाले सञ्चालक समितिको सिफारिस बमोजिम २०७७\७८ सम्मको वितरण योग्य नाफाबाट प्रतिकित्ता सेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाबाट कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाको खर्च पारित  हुनेछ भने सर्वसाधाण सेयरधनीका तर्फबाट सञ्चालक चयन हुनेछन्।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्नेछ।