२२ असोज, काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सभा सम्पन्न भएको छ । होटल क्राउन इम्पेरियलमा सम्पन्न साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ ।
उक्त सभामा संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई, तथा साधारण सेयरधनितर्फ वाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्नकुमार भट्टराई रहेका छन् ।
फाईनान्सले मुख्य कार्यालय सहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ । विभिन्न बचत योजना संंचालन गरिरहेको छ । फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई।पि।एस। तथा रेमिट्न्स सेवा दिईदै आएको छ ।