Banking Khabar
Heading3

नेपाल बंगलादेश बैंकको १५.५ प्रतिशत लाभांश घोषणा

October 10, 2021
सेयर:

काठमाडौँ – नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ असोज २४ गते बसेको सञ्चालक समितिको ३७५औं बैठकले आ. व. २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ९ अर्ब ४८ लाख २११ हजार १ सय ९५ को १२ प्रतिशत अर्थात १ अर्ब ८ करोड ५ लाख ७८ हजार ५ सय ४३ बराबरको बोनस शेयर र ३.५० प्रतिशत अर्थात ३१ करोड ५१ लाख ६८ हजार ७ सय ४२ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ।

प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले सो लाभांशमा दाबी गर्न पाउने छन्।