काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीले लाभांशसम्बन्धी प्रस्ताव पारित गर्न कात्तिक १७ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीले आफ्नै केन्द्रिय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा सुरु हुने जानकारी दिएको छ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभा भर्चुअल माध्यमवाट हुने भएको छ।
त्यस्तै, सभाले यस कम्पनी रिडी हइड्रोपावरसँग गाभिने भएकाले सो सम्बन्धी प्रस्ताव पारित गर्ने, मर्जर सम्बन्धी प्रस्तावहरु स्वीकृति तथा अभिलेखको लागि पेश गर्दा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन, परिमार्जन गर्न निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ४ गते बुक क्लोज गर्ने भएको छ।