Banking Khabar
बैंकिङ

निफ्राको लाभांश संशोधन, ८ प्रतिशत बोनस सेयर दिने

October 11, 2021
सेयर:

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यस अघि घोषणा गरेकोे लाभांश संशोधन गरेको छ।

कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअघि साढे आठ प्रतिशत नगद लाभांश घोषणा गरेको  कम्पनीले नेपाल राष्ट्र बैैंकको निर्देशनबमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो।

संशोधित लाभांश अनुसार कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ। हाल कम्पनीको चुक्तापूँजी २० अर्ब रुपैयाँ रहेको छ ।