Banking Khabar
Heading3

सांग्रिला डेभलपमेन्ट बैंकको साधरण सभा कात्तिक १६ गते

October 17, 2021
सेयर:

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
बैंकको १७औं वार्षिक साधारण सभा कात्तिक १६ गते  लैनचौर ब्याङक्वेट, लैनचौरमा हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बाँकी अवधिको लागि सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।