कनेक्टिभिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो

४ कार्तिक २०७८, बिहीबार ०७:५७

काठमाडौं- ओपो र द कनेक्टिभिटी स्ट्यान्डर्ड एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ डायरेक्टर्समा तत्कालै सम्मिलित भएको घोषणा गरेको छ।

नयाँ भूमिकाअन्तर्गत ओपोले प्रमुख सदस्यका रुपमा इन्टरनेट अफ थिंग्स (आईओटी) कनेक्टिभिटी प्रोटोकल मामिला, म्याटरको विकासका तथा चीनमा प्रोटोकलको प्रवर्द्धनका लागि अग्रणि भूमिका निभाउने जानकारी दिइएको छ।

‘सीएसएद्वारा विकसित तथा निरन्तरता दिइएको म्याटर ‘कनेक्टेड थिंग्स’को जग हो। यसले प्रयोगकर्ताहरुलाई विभिन्न आईओटी उपकरणहरु एक अर्कामा कनेक्टेड राख्ने कार्यमा सहज प्रयोगकर्ता अनुभव प्रदान गर्छ। सीएसएको बोर्ड सदस्यका रुपमा ओपोले म्याटर वर्किङ ग्रुपलाई अत्यधिक कम्प्याटिवल आईओटी इकोसिस्टम निर्माणका लागि महत्त्वपूर्ण योगदान प्रदान गर्दै पार्टनरहरुसँगको सहकार्यमार्फत् एलायन्सको प्रोटोकल विकासलाई तीव्रता दिनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसका लागि ओपोले नयाँ मानकको स्थापना तथा म्याटरमा आधारित नयाँ प्रोटोटाइपको विकास लगायत क्षेत्रमा सघाउने बताइएको छ। ओपोले एलायन्सका प्रविधिहरु आफ्ना आईओटी प्रणाली तथा उत्पादनमा अंगीकरण गर्दै चीनलगायत अन्य क्षेत्रमा सीएसएको प्रवर्द्धनमार्फत् कनेक्टिभिटीको भविष्य ट्रान्सफरमेसनका लागि काम गर्ने जनाएको छ। साथै, ओपोले अन्य सीएसए सदस्यहरुसँग आफ्नो सहकार्यलाई बढावा दिँदै भरपर्दो, सुरक्षित र त्रुटिरहित ‘मल्टी-सिनेरियो कन्भर्जेन्ट आईओटी’ अनुभव प्रयोगकर्तालाई पस्कने जानकारी दिएको छ।

‘म्याटरको विकास तथा आईओटी उत्पादनमार्फत् आफ्ना प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्न सीएसएको बोर्ड अफ डाइरेक्टर्समा सम्मिलित हुन पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ,’ ओपोको स्ट्यान्डर्ड्स रिसर्च विभागका निर्देशक निल यांगले भने, ‘५० भन्दा बढी देशमार्फत् आईओटी तथा मार्केटिङमा आर्जित हाम्रो वैश्विक विशेषज्ञता चीनलगायत क्षेत्रमा म्याटरको प्रवर्द्धनका लागि प्रदान गर्नेछौँ। सीएसए तथा यसका सदस्यहका साथमा हामी आईओटीको भविष्यलाई आकार दिनुका साथै, हरेक प्रयोगकर्तालाई सुदृढ अनुभव प्रदान गर्ने आईओटी उत्पादन निर्माणको प्रतिबद्धतालाई पनि निरन्तरता दिनेछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *