सीआईबीले भन्यो- क्रिप्टोकरेन्सी कारोबारको निगरानी भइरहेको छ

२ फाल्गुन २०७८, सोमबार ०३:१०

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी कारोबारमा निगरानी भइरहेको बताएको छ । क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा डिजिटल नेटवर्किङ लगायत कारोबारमा संलग्न भेटिए कानुनबमोजिम कडा कारबाही गर्ने सीआईबीले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै उसले भनेको छ ‘क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिबन्धित भई यस कार्यालयबाट समेत निगरानी भइरहेको छ, विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानुन बमोजिम कारबाही समेत भइसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा कारोबार नगर्न, नगराउन हुन एवम् यससँग सम्बन्धित कुनै पनि क्रियाकलापमा संलग्न भए गरेको पाइए कडाईका साथ कानुनी कारबाहीको प्रकृया अगाडि बढ्ने व्यहोरा सूचित गरिएको छ ।’

यसमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए सूचना उपलब्ध गराउन समेत प्रहरीले आग्रह गरेको छ । यसरी कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने विद्यमान कानुनी व्यवस्था रहेको सीआईबीले स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *