अर्थतन्त्रको अवस्था हल्ला गरिएजस्तो छैन, तर जोखिमका लक्षण देखिएका छन्ः मुख्यसचिव

२९ चैत्र २०७८, मंगलवार ०४:५६

नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीले सरकारले कहिल्यै पनि निजी क्षेत्रलाई फरक ढङ्गले नहेरेको बरु आफ्नो साझेदार अर्थात् सहयोगीका रुपमा लिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

मुख्यसचिव बैरागीले भने, ‘निजी क्षेत्र सरकारको अनन्य विकास साझेदार हो । हामीले हरेक क्षेत्रमा साझेदारी गरेका छौँ । सरकार र निजी क्षेत्र एक आपसमा मिल्नुको विकल्प छैन ।”

उनले देशको अवस्था खराब नभएको र हल्ला भएजस्तो समस्यामा नपरेको बताए । ‘जोखिमका केही लक्षण देखिएका छन् । हामी सबै मिलेर त्यसको समाधान निकाल्नुपर्छ । हामी खुला हृदयका साथ छलफल गर्छौं र समाधानको उपाय पनि निकाल्छौँ ।’

‘सरकार र निजी क्षेत्रबीचको उद्देश्यमा समानता छ । सुधार निरन्तरको प्रक्रिया हो, कहीँ कतै कमजोरी भएको भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ,’ निजी क्षेत्रलाई ढाडस दिँदै मुख्यसचिवले भने, ‘लगानीको सहज वातावारण बनाउन सरकारले गृहकार्य गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *