खुकुरी रमले वातावरणमैत्री ढंगले रक्सी उत्पादन गर्ने

२३ जेष्ठ २०७९, सोमबार ०५:५६

वसन्त चौधरीलगायतका व्यसायीको लगानी रहेको खुकुरी रम ब्राण्डको रक्सी उत्पादक कम्पनी दि नेपाल डिस्टिलरिज प्रालिले वातावरणमैत्री ढंगले काम गर्ने प्रतिवद्धता जनाएको छ ।

आफूहरु संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक हो भन्दै कम्पनीले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि पाँच बुँदे प्रतिवद्धता गरेको जनाएको छ ।

यस्ता छन् प्रतिवद्धताहरुः
१. हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं । यसलाई आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं ।
२. हामी सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्नेछौं । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका छौं ।
३. हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौं । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।
४. हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौं । आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्नेछौं ।
५. एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *