एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर अफर
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत १ हजारजना विद्यार्थीले नेपालका विभिन्न कलेजमा सतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। यसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नुपर्नेछ।
यसका लागि विद्यार्थीले रु. १० तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन्। यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ।
कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एन्पीमा हेर्न सकिनेछ। विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्नेछन्।
इसेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।