गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश, गर्यो क्रेडिट कार्ड सेवाको सुभारम्भ

८ मंसिर २०७९, बिहीबार ०४:४८

गरिमा विकास क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले १५औं वर्षमा प्रवेश गरेको अवसरमा क्रेडिट कार्ड सेवा सुरु गरेको हो ।

यसक साथै बैंकले देशभरको कार्यलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको थियो ।रक्तदान कार्यक्रम बैंकले लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका कार्यालहरुमा आयोजना गरेको थियो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

यस विकास बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको छ भने ६३ अर्ब कर्जा लगानीमा रहेको छ । यस बैंकले करिब ७ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *