‘आइएमई पे’ मा पैसा लाेड गर्दा नगद र सामसङकाे इयर बड जित्ने माैका

५ चैत्र २०७९, आईतवार ०४:५३

डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे ले आफ्ना ग्राहकका लागी सामस‍ंगकाे इयर बड्स र नगद उपहार जित्ने याेजना सार्वजनिक गरेकाे छ । पाँचकाे पाँच याेजना अन्तर्गत आइएमई पे मा प्रयाेगकर्ताले ५ पटक कुनै पिन माध्यमबाट पैसा लाेड गरेमा पाँच जना भाग्यशाली विजेताले सामस‌ंगकाे ग्यालेक्सी बड्स२ माेडलकाे इयर बड्स जित्नेछन् ।
यसबाहेक पैसा लाेड गर्ने प्रयाेगकर्तामध्ये एकजना भाग्यशालीले हरेक दिन १ हजार रूपैयाँ नगद जित्ने माैका समेत पाउन सक्छन् । यस याेजना अन्तर्गत प्रयाेगकर्ताले चैत्र १५ गतेसम्ममा (March 29, 2023) कम्तीमा ५ पटक कुनैपनि माध्यम जस्तै बैंक ट्रान्सफर्म, माेबाइल बै‌ंकिङ,कनेक्ट आइपिएस, क्युआर स्क्यान वा अन्य जुनसुकै माध्यमबाट आइएमई पे डिजिटल वालेटमा पैसा लाेड गरेर याेजनामा सहभागीता जनाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *