सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२८ चैत्र २०७९, मंगलवार ०४:३३
सिटिजन्स बैंक इन्टरनेसनलको धारापानी शाखाले १६औं वार्षिकोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले नवलपुरस्थित मनकामना आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सीमान्तकृत समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि कमजोर भए पनि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग गरिएको बैंकले जानकारी दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्ता शैक्षिक सहयोग कार्यक्रम प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ ।