Banking Khabar
समचार

नेपाली बजारमा सुनको मुल्य तोलामा ६०० रुपैयाँले वृद्धि

August 12, 2021
सेयर:

साउन २८, काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बिहिबार उकालो लागेको छ । बिहिबार छापावाला सुनको मुल्य ६ सय रुपैयाँले बढेको छ ।

केहिदिन अघि अघिकतम अङ्कमा घटेको र न्युनतम अङ्कमा बढ्को सुनको मुल्य बिहिबार भने केहि दिन अघिकै उच्च अकंमा बढेको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।