नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले आफ्ना उपाध्यक्ष मनोज कुमार ज्ञवालीलाई नबिल बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पदोन्नति भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ ।
संघका अध्यक्ष सञ्जय अग्रवाल र बोर्ड सदस्यहरूले मनोज कुमार ज्ञवालीको यो महत्वपूर्ण उपलब्धिलाई प्रशंसा गर्दै भने, ‘बैंकिङ क्षेत्रमा उहाँको समर्पण, नेतृत्व क्षमता र अपार अनुभव निकै प्रशंसनीय छ । उहाँले पुर्याउनु भएको उत्कृष्ट योगदानको प्रतिबिम्ब हो, र हामी पूर्ण विश्वास गर्छौं कि उहाँको नेतृत्वमा नबिल बैंक अझ उचाइमा पुग्नेछ ।’
नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले सधैं आफ्ना सदस्यहरूको उपलब्धिमा गर्व गर्दै नेपाल र इटालीबीचको आर्थिक सहकार्यलाई सुदृढ गर्दै व्यावसायिक प्रगति प्रवद्र्धन गर्न प्रतिबद्धता जनाएको छ।