गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

२ आश्विन २०८२, बिहीबार ०५:४७

१ असोज, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि यो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सुचारु गर्न सक्ने बैंकले जनाएको छ । यो भर्चुअल कार्ड प्रयोग गरी ग्राहकले फोनपेको कुनै पनि क्युआर कोड र नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

न्यूनतम १० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहेको यो कार्ड प्रयोग गर्दा ग्राहकले अधिकतम ४५ दिनसम्म कुनै पनि ब्याज नलाग्ने गरी रकम उपभोग गर्न सक्नेछन् । साथै, हिसाब राफसाफ गर्दा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प पनि उपलब्ध छ ।

भौतिक कार्डको सट्टा मोबाइल एपमा उपलब्ध हुने यो भर्चुअल कार्डले ग्राहकहरूलाई थप सुरक्षित र आधुनिक भुक्तानी अनुभव प्रदान गर्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *