स्थानीय तहको बजेट आउन ढिलाइ, जम्मा ५९३ वटाको मात्र बजेट प्रस्तुत

आर्थिक वर्ष २०७९/८० शुरू भएको १२ दिन पुगिसक्दा पनि अझै १६० स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था रहे पनि आन्तरिक कलहका कारण ५९३ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा ६ बमोजिम नगर वा


बजेटमा छुट दिएसँगै विद्युतीय गाडीको आयातमा वृद्धि

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय चारपांग्रे सवारी साधनको आयातमा वृद्धि भएको छ । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा १ हजार ८०७ ओटा विद्युतीय गाडी भित्रिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्म न्यून मात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक


सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा विश्वभर आर्थिक मन्दी हुने प्रक्षेपण गरेको छ । आईएमएफले प्रकाशित गरेको वर्ल्ड इकोनोमिक आउटलुक अपडेट–२०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.२ हुने र सन् २०२३ मा घटेर २.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । यसअघि सन् २०२१ मा ६.१ प्रतिशतको आर्थिक वृद्धिदर थियो । तर


मौद्रिक नीतिले तरलता समस्यामा थप दबाब पर्ने महासंघको प्रतिक्रिया

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिबारे नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। खासगरी नयाँ नीतिसँगै ८ महिनादेखि देखिएको तरलता समस्यामा थप दबाब पर्ने देखिएको महासंघले जनाएको छ । महासंघले भनेको छ, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले करिब ८ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप


मौद्रिक नीति सकारात्मक रहे पनि कार्यान्वयन भने चुनौतीपूर्ण हुन सक्ने – सिबिफिन

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नेपालको अर्थतन्त्र असहज बनिरहेको वर्तमान अवस्थालाई सहज बनाउन, आर्थिक एवं वित्तीय स्थिरता कायम गर्न र खस्किदो अर्थतन्त्रलाई लयमा फर्काउनका लागि समय सान्दर्भिक नीतिहरु अवलम्बन गरेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले धारणा राखेको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने


इतिहासमै पहिलो पटक नेपालले २ खर्बभन्दा बढीको निर्यात

नेपालको वैदेशिक व्यापारमा छिमेकी मुलुक भारतलेसबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ । यो नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा


१५.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

 नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७


नेपालको व्यापार घाटा १७ खर्ब, १९ खर्बको आयात हुँदा २ खर्बको निर्यात

आर्थिक २०७८/७९ मा नेपालको व्यापारघाटा १७ खर्ब २९ अर्ब पुगेको छ। यस्तो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रहेको ब्यापारघाटा ३ खर्ब २२ अर्बले बढेको छ। गत आर्थिक वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ। जुन अघिल्लो आर्थिक


आगामी तीन महिनामा मुल्यवृद्धि हुने अपेक्षा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। सर्वेक्षणमा राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। सर्वेक्षण आएका परिणामहरु ११४१ सहरी व्यक्तिको प्रतिक्रियामा आधारित छन्। सर्वेक्षणका क्रममा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने


‘मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने संकेत’

चेम्बर अफ कमर्शले मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउने संकेत गरेको प्रतिक्रिया दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे चेम्बरले उक्त टिप्पणी गरेको हो । ‘केन्द्रीय बैंकले ल्याएको संकुचित मौद्रिक नीतिले देशमा आर्थिक गतिविधि घटाउने संकेत गरेको छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मौद्रिक नीतिले