आठ महिनामा १ खर्ब ३८ अर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबर अनुदान र एक खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता


आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले


कर्जा प्रवाहमा संकुचनले बजारमा पैसा अभाव

लामो समयदेखि काठमाडौंको न्युरोडमा लत्ताकपडाको व्यापार गर्दै आएका धनञ्जय महर्जनको पसलमा विगतका वर्ष दैनिक एकदेखि डेढ लाख रूपैयाँको व्यापार हुन्थ्यो । उनले व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका थिए । तर अहिले उनको पसलमा मुस्किलले ४०-५० हजार रुपैयाँको व्यापार पनि हुँदैन । ‘बजारमा पैसा छैन। ग्राहक पनि आउन छाडे,’ महर्जनले भने। व्यापारबारे जिज्ञासा राख्दा उनले


९ महीनाकै उच्च स्तरमा बिट्क्वाइन, बैंकिङ क्षेत्रमा संकट देखिएपछि लगानीकर्ता डिजिटल मुद्रा बजारमा

भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ धमाधम बढिरहेको छ । परम्परागत बैंकिङ क्षेत्रमा संकट देखिरहेको समयमा केही लगानीकर्ताहरू डिजिटल मुद्रा बजारमा आउन थालेपछि बिट्क्वाइनको भाउले सोमवार पनि टेवा पाएको हो । क्वाइन डेस्कका अनुसार सोमवार यसको भाउ ५ प्रतिशतले बढेर प्रतिगोटा २८ हजार ३७८ डलर ३५ सेन्टमा उक्लिएको थियो । बिहानी कारोबारमा यो ९ महीनाकै उच्च बिन्दु


तरलता र ब्याजदरमा क्रमिक सुधार हुँदैछः प्रधानमन्त्री

सहकारी संस्थाहरुमा देखिएको समस्या तथा विकृति समाधान गर्न उच्चस्तरीय समिति बनाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा संसदमा यस्तो जानकारी गराएका हुन् । नगद अभावका कारण कतिपय सहकारीले हाल बचतकर्तालाई रकम फिर्ता दिन सकेका छैनन् । दाहालले लघुवित्त क्षेत्रमा नियामकीय सुधारका लागि नेपाल राष्ट्र बैंकले चाल्ने आवश्यक कदममा सरकारले सहयोग गर्ने


सात महिनामा स्वदेशी तथा विदेशी लगानीका डेढ खर्बको प्रतिबद्धता

चालु आर्थिक वर्षको सात महिनामा उद्योगका लागि एक खर्ब बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म स्वदेशी तथा विदेशी लगानीका १८३ उद्योगका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार खुल्ने तयारीमा रहेका यी उद्योगहरूले १२ हजार ७४८ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता गरेका छन्


ऋण नतिर्ने छुट कसैलाई छैन : राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाका केही ऋणीहरु ऋण नतिर्ने भन्दै आन्दोलनमा छन् । बैंकका ठूला ऋणीदेखि लघुवित्तका स–साना ऋणीसमेतले ऋण नतिर्ने भन्दै विभिन्न खालका अभिव्यक्ति दिइरहेका छन् । व्यवसायी दुर्गा प्रसाईं बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न अभियान नै सञ्चालन गरेका छन् । केहि दिनअघि लघुवित्त संस्था र मिटर ब्याजीबाट पीडित भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन


लघुवित्तको खराब कर्जा बढ्यो, कर्जा प्रवाह घट्यो

पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो ६ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो। ‘पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको


देखिन थाले विश्वव्यापी आर्थिक संकटका असर : टाट पल्टियो अमेरिकाको ४० वर्ष पुरानो बैंक

मार्च १० मा अमेरिकाको बैंकिङ नियामकहरुले एसभीबी वित्तीय समूहलाई बन्द गरिदिए । निक्षेपकर्ताहरुको पैसा जोगाइदिन सो बैंकलाई रिसिभरशिप (दामाशाही)मा राखियो । सिलिकन भ्याली बैंक (एसभीबी) एक्कासी धराशयी बनेपछि यसको झट्का स्टार्ट अप कम्युनिटीसम्म पुगेको छ । बैंक स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोतको रुपमा रहेको थियो । बुधवार बैंकले केही रकम खोज्दैथियो । तर


बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार चैतबाट लागू हुने गरी घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन्। वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्। साधारण बचत तथा कल निक्षेपको ब्याजदर भने घटाएका छन्। वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ०.४२ प्रतिशतले घटाएका छन्। चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम