दुईदिने सार्वजनिक बिदापछि नेप्सेको नयाँ तालिका: अब शुक्रबार खुल्ने, आइतबार बन्द
सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि नेपाल स्टक एक्सचेन्ज ले आफ्नो कारोबार तालिकामा परिवर्तन गरेको छ। अबदेखि नेपाली सेयर बजार हप्ताको पाँच दिन सञ्चालन हुने भए पनि कारोबार दिनहरूमा फेरबदल गरिएको छ। नेप्से सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो। यससँगै अब
अतिथि रिसोर्ट एण्ड स्पाले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन
अतिथि रिसोर्ट एण्ड स्पाले सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै निवेदन पेश गरेको छ । माघ २० गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा १६ लाख २५ हजार कित्ता आईपीओ निष्कासनका लागि निवेदन पेश गरेको हो । यस कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री
युनिलिभर नेपालको नाफा ४३ प्रतिशतले घट्यो
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको पहिलो त्रैमासको तुलनामा ४३ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले ५२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो। कम्पनीको कुल आम्दानी यस वर्ष ११ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँमा
१ महिनापछि पुनः चल्ने भयो भोटेकोशी जलविद्युत् आयोजना, स्थानीयलाई १० प्रतिशत शेयर दिने सहमति
२७ असोज, काठमाडौं । करिब एक महिनादेखि बन्द रहेको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजना अब पुनः सञ्चालनमा आउने भएको छ। आइतवार भएको सर्वपक्षीय बैठकपछि आन्दोलनरत स्थानीय र भोटेकोशी पावर कम्पनीबीच सहमति जुटेपछि आयोजनाको विद्युत् उत्पादन सुचारु हुने बाटो खुलेको हो। भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्रमरत्न स्थापितका अनुसार कम्पनीले १०० रुपैयाँ दरमा
एसबानद्वारा पूँजीबजार सुधार प्रतिवेदनको स्वागत, तत्काल कार्यान्वयनको माग
स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पूँजीबजार सुधार कार्यदलको प्रतिवेदनको स्वागत गर्दै उक्त प्रतिवेदनले दिएका सुझावहरू तत्काल कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले बुझाएको प्रतिवेदनपछि एसबानले पूँजीबजार सुधारका आवश्यक व्यवस्थाहरू छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको हो। खनालको निर्देशनमा धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको
नेप्से आइतबार उकालो, बीमा समूहमा अझै दबाब
५ असोज, काठमाडौं ।गत बिहीबार लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि ओरालो लागेको सेयर बजार आइतबार केही सम्हालिएको छ। सुरुवाती कारोबारको पहिलो घण्टामै नेप्से परिसूचक २२ अंकले उकालो लागेको छ। सो अवधिसम्म ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। १५३ कम्पनीको मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर छ।
सेयर बजारमा फेरि दोस्रो नकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि रोकियो
काठमाडौं, ३ असोज — बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर बजार फेरि दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि रोकिएको छ। बजार खुलेको दोस्रो मिनेटमै नेप्से सूचक १०७.०४ अंक (४%) ले घट्दा पहिलो सर्किट लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजार फेरि केही मिनेटभित्रै १३३.६३ अंक (५%) ले घट्दा दोस्रो सर्किट
“अर्थमन्त्रीमा रामेश्वर खनालको नियुक्तिपछि पुँजी बजार उत्साहित”
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वअर्थसचिव तथा अर्थविज्ञ रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गरेसँगै पुँजी बजार उत्साहपूर्ण बनेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपश्चात् बनेको अन्तरिम सरकारमा आर्थिक नीति तय गर्ने जिम्मेवारी खनालको हातमा पुगेपछि लगानीकर्तामा उच्च आशा देखिएको छ। खनाललाई मुलुकको अर्थतन्त्रको गहिरो ज्ञान भएको र पुँजी बजारका नीतिगत पक्षमा सशक्त
सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन खुला
काठमाडौं, भदौ ३०, २०८२ – सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ। कम्पनीले रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयरमार्फत कुल रु. ११ करोड ९० लाख ६४ हजार बराबरको पुँजी संकलन गर्न लागेको हो। यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी भए पनि
सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएपछि ११ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा
नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना समयमै नदिएपछि बोर्डले कारबाही गरेको हो । ब्रोकर लगायतका कम्पनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धमा गरेका कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन सो अवधि व्यतीत भएको १५ दिनभित्र दिनुपर्छ । तर, ११ ब्रोकर कम्पनीले समयमा त्यस्तो प्रतिवेदन नदिएपछि कारबाही गरिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । पहिलो चरणमा उनीहरूलाई लिखित
