असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको आयात
सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ । भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो । सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात
‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र फलफुलको रेखदेख गर्ने उहाँको दैनिकी बनेको छ । उहाँले ५ वर्ष भारतमा बस्दा कम्पनीमा
श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा
राजनीतिमा वंशवाद हाबी हुँदा आर्थिक संकट झेलिरहेको श्रीलंकामा इन्धन भर्न घण्टौँ लाइन लाग्ने कुरा सामान्य बनिसकेको । विदेशी मुद्राको सञ्चिति नहुँदा इन्धन आयात गर्न श्रीलंकालाई धौधौ भएको छ । राजधानी कोलम्बोमै तेल भर्न लाम बसेका गाडीको लाइन ५ किलोमिटरभन्दा बढी छ । यसैबीच बीबीसी पाकिस्तान र अफगानिस्तान संवाददाता सिकंन्दर किरमानीले दस दिनेदेखि पेट्रोलको लाइनमा बसेका एक मिनीबस
सरकारसँग ऋण लिएर निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन्स (आईओसी)को बक्याैता रकम घटाएको छ । मंगलबार दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्याैता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ । ‘आइओसीलाई तिर्नुपर्ने बक्याैता रकम ३१ अर्ब २० करोड थियो । बिहीबार १६ अर्ब ८० करोड बुझाएका छौं,’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले
गरिबी निवारणमा सवा २६ अर्ब खर्च, उपलब्धि भएन
सरकारले गरिबी निवारण गर्ने उद्देश्यले २६ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेपनि प्रतिफल न्यून देखिएको छ । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गरिब, महिला, दलित र जनजातिलाई लक्षित गर्दै ६४ जिल्लामा कार्यक्रम सञ्चालन भएको छ । गरिबी निवारणमा प्रत्यक्ष लगानी गरिए पनि प्रभावकारी नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सामुदायिक संस्थामार्फत आय
नेपाली मुद्रा इतिहासकै कमजोर
अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरका लागि १२८.११ रुपैयाँ तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । ०७८ असार मसान्तको तुलनामा ०७९ असार २७ मा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा हरेक दिन
समयमा काम नसक्ने ७ निर्माण व्यवसायी पुरस्कृत ?
समयमै काम नसक्ने ७ निर्माण व्यवसायीलाई सरकारले पुरस्कृत गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार ती निर्माण व्यवसायीलाई पुरस्कारका रुपमा २ करोड ७४ लाख ७० हजार रुपैयाँ भुक्तानी दिइएको हो । प्रतिवेदनले पुरस्कारका सम्बन्धमा छानबिन गरी एकीन गर्न सुझाव दिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२६ (१) मा
आजदेखि बजेट भुक्तानी र निकासा नहुने, राजस्व सङ्कलन १० खर्ब ७० करोड रुपैयाँ
आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक
वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी
भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा