नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकको सूचीमा कायमै

मुलुकभित्र सुशासनको चर्को नारा लाग्दै आए पनि नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकको सूचीमै रहेको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गतवर्षभन्दा यस वर्ष केही सुधार भए पनि व्यापक भ्रष्टाचार हुने मुलुकको पंक्तिबाट नेपाल हट्न सकेको छैन । सीपीआई २०२३ मा


धरहरा पार्किङ् भवनको पहिलो तलामा निःशुल्क पार्किङ् गर्न पाईने

धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको महानगरले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ,‘यस अघि काठमाडौँ


वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?

पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटा बैंकको मात्रै बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही


हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट

धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबार हिमालयन रि-इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको केहि सेकेण्डदेखि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ३४०.१० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको पहिलो कारोबार भने यो


उखु किसानले पाए २९ करोड २५ लाख रुपैयाँ अनुदान

सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । जिल्लाका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानवापतको रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ खातामा पठाएको मिलगेट उखु उत्पादक


गभर्नरलाई पत्र: लगानीकर्ता प्रति तपाई किन यति कठोर, निर्दयी, निर्मम र गैर जिम्मेवार बन्दै हुनुहुन्छ?

१.हिजो बजार ३२०० को विन्दुमा जोखिम देखियो, त्यहिँ अनुरूप सेयर कर्जाको जोखिम भार १००% देखी १५०% पुर्याइयो ठीक छ, तर आज बजार १८०० को विन्दुमा रहँदा के कति जोखिम देखियो र कर्जाको जोखिम भार १५०% नै कायम गरिएको छ? जोखिम अवस्थामा ल्याइएको नीतिलाई सहज अवस्थामा खुकुलो गराउन यहाँलाई कसले रोक्यो? २.हिजो बजार ३२०० को विन्दुमा पुग्दा बैंक


बढ्न थाल्यो कर्जा

शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंक लचिलो भएसँगै बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न थालेको छ । निक्षेप वृद्धिसँगै राष्ट्र बैंकले नीतिगत सुधार गरेपछि बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिन थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ७८ अर्ब रुपैयाँ वृद्धि हुँदा कर्जा पनि ७३ अर्ब


सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ । जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष


सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी पहिलो त्रैमाससम्म करिब ३३ करोड

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले ३२ करोड ९८ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म ३२ करोड १७ लाख रूपैयाभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वषषर्् साढे २ प्रतिशत बढीको विद्युत विक्री गरेको हो । कम्पनीको खुद नाफा करिब ६ प्रतिशत बढेको छ । गत


दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट पाइन्छ ?

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी आज असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ