राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाब उपयुक्त छैनः पूर्वगभर्नर भट्टराई

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाबलाई उपयुक्त नभएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उद्योगी व्यवसायीको प्रवृत्ति निर्माण व्यवसायीको जस्तै भएको भन्दै उनले चालु पूँजी कर्जा प्रयोजन अनुसार खर्च हुनुपर्ने बताए । ‘एउटा प्रयव्जनका लागि लिएको कर्जा अन्यत्र


प्रतिनिधिसभाको बैठक बस्दै, विषयगत समिति गठन गर्ने तयारी

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा विषयगत समिति गठनको कार्यसूची रहेकोछ। संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ। एमालेले विषयगत समितिमा रहनेको नाम सभामुख देवराज घिमिरेलाई बुझाइसकेको छ। यस्तै


चैत महिनामा ६१ हजारभन्दा धेरै बिदेसिए, बिदेसिनेमा सबैभन्दा धेरै धनुषाका

गएको चैत महिनामा मात्रै ६१ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार २०७९ चैत महिनामा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुन श्रम स्वीकृति गरी ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये पाँच हजार १३५ जना महिला र ५६


चितवन–२ : रवि लामिछानेको जित निश्चित, हार स्वीकार गरी कांग्रेसका जितनारायणले दिए बधाई

चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ । लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ । साथै उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना बिहान साढे १० बजेको विवरणअनुसार लामिछानेले ४५


तनहुँ १ मा गोविन्दले ५ हजार कटाउँदा स्वर्णिमले कटाए १० हजार

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १०ः१५ बजेसम्म १८ हजार ६६१ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् ।


चितवन-२ मा कांग्रेसका उम्मेदवार श्रेष्ठद्वारा मतदान, लामिछाने र न्यौपानेले भने भोट हाल्न नपाउने

चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गर्नु भएको छ । उहाँले बिहान चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गर्नु भएको हो । उपचुनावका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न नपाउने हुनुभएको छ । उहाँहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा छैन


खराब कर्जा बढेपछि बैंकहरुको नाफामा सामान्य मात्रै सुधार

आर्थिक सङ्कटका कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरुको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ । बढ्दो महँगी, खस्कँदो व्यवसाय लगायतका कारण ऋणीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् । निर्माण क्षेत्रसँग जोडिएका व्यवसायीहरुको आम्दानीसमेत घटेपछि बैंकहरुको ऋण असुली


सामाजिक सुरक्षा कोष : सम्पत्ति तथा दायित्व ५४ अर्ब ६७ करोड पुग्यो

सामाजिक सुरक्षा कोषको सम्पत्ति तथा दायित्व ५४ अर्ब ६७ करोड रुपैयाँभन्दा माथि पुगेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार सञ्चालित कोषले सञ्चालन गरेको योजनामा योगदानकर्ता तथा प्रतिष्ठान थपिने क्रम बढ्दै जाँदा दायित्व र सम्पत्ति निरन्तर बढ्दै गएको हो । कोषले खासगरी योगदानकर्ताले जम्मा गर्ने रकम र राष्ट्रिय स्तरको कल्याणकारी कोषबाट प्राप्त रकम


राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लर्गिँएको छ। छातीमा संक्रमण देखिएको पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार गराउन श्री एयरको विमानमार्फत त्यसतर्फ लगिएको हो । उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली भारत गएका छन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल पुगेर विदाई गरेका


बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सो सम्बन्धित सम्पूर्ण सर्त तथा सो बापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिन आग्रह गरेको छ । राष्ट्र बैंकले एक वित्तीय सचेतना जारी गर्दै कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा नलिन पनि