नेपाल भ्रमण दशक’ घोषणा गर्ने सरकारको तयारी

सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेकाे छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको ‘रिकभरी प्लान’ ल्याउने निर्णयअनुसार आइतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो । कार्ययोजना प्रस्तुत गर्दै


चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक


न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूटी’ सँगको सहकार्यमा शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको


पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागतः आन्तरिक पर्यटन प्रवर्द्धन हुने आशा

सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो । यो


आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन

नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको


नेपालमा ७४ वर्षपछि सञ्चालनमा आयो दोस्रो अन्तरराष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बिहीवारदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी


चीनले नेपाललाई हस्तान्तरण गर्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नौ बुँदे समझदारी

चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री नारायण खड्कालाईविमानस्थलको साँचो हस्तान्तरण गरे । त्यस क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न र क्षेत्रीय उडानहरुमार्mत पर्यटन


कोभिडपछि आन्तरिक पर्यटनले भरथेग गर्दै नेपाली पर्यटन उद्योग

कोरोना भाइरसको संक्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका– ७(गुण्डु) र ८(सिपाडोल) को संगमस्थल ऐतिहासिक रानीकोटमा


महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण लामो समयदेखि धराशायी बनेका संघीय राजधानी काठमाडौंका होटलहरू यतिबेला पाहुनाले भरिएका छन्। कांग्रेस महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताले राजधानीका होटल तथा गेस्टहाउस भरिभराउ भएका हुन्। पछिल्लो समय पर्यटकको आवागमन बढेसँगै जारी राजनीतिक दलका महाधिवेशनले पर्यटन क्षेत्रसमेत चलायमान भएको छ। अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता


एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको