एमाले केन्द्रिय सदस्यमा युवानेता चन्द्र रिजालको उम्मेदवारी
यतिखेर नेपालका राजनीतिक दलहरुको महाधिवेशनको मौसम चलिरहेको छ । खासगरी मुख्य राजनीतिक दलहरुको महाधिवेशन र त्यसपछि आउने नेतृत्वका बारेमा आम मानिसको ध्यान खिचिएको छ । दलहरुबाट अब कस्ता नेतृत्व आउँछन, त्यसबाट नेपालको आगामी दिनको मार्गचित्र निर्देशित हुनेछ । दलहरु आअफ्ना एजेन्डा र टीम बनाए चुनाब केन्द्रित अभियानमा लागिरहेका छन । यसैबीच, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष
जोखिममा हिमताल, पर्यटन र जलविद्युत् प्रभावित
काठमाडौं, १४ कात्तिक । २०६९ वैशाख २३ गते अन्नपूर्ण (चौथो) हिमालबाट हिमपहिरो झर्यो । सेती नदीमा आएको बाढीले बस्ती बगायो । ७० जनाभन्दा बढीले ज्यान गुमाए । हिमताल फुटेर मस्र्याङ्दी र कालीगण्डकीमा पनि धेरै पटक बाढी आएको छ । पृथ्वीको बढ्दो तापक्रमले हिउँ पग्लने, हिमनदी-ताल फुटेर ठूलो धनजनको क्षति हुने क्रम बढ्दो छ । तर, सरकारले
पोखरामा आन्तरिक पर्यटक बढे, रोजाइमा ‘प्याराग्लाइडिङ ’
काठमाडौं – पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । ‘अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले
पोखरामा बिश्वकै भिरालो सुपरम्यान जिपलाइन, गिनिज बुकमा दर्ता गर्न आवेदन
काठमाडौं– ‘जिप फ्लायर’को फ्रेन्चाइज हाइग्राउण्ड एडभेन्चर प्रालिले पोखरामा बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरुवात गरेको छ। सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको बताएको छ। समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट
पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्रन थाले
रसुवा – पर्यटकीय सिजन सुरु भएसँगै रसुवाका पर्यटकीय क्षेत्रहरूमा पर्यटक भित्रने क्रम सुरु भएको छ । जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा दैनिक २ सय ५० जनाको हाराहारीमा पर्यटक गइरहेका छन् । आएका पर्यटकमध्ये धेरैजसो नेपाली छन् । थोरै संख्यामा विदेशी पर्यटक पनि आएका छन् । पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि ट्रेल रेस गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका
काठमाडौं– विश्वको नवौं अग्लो स्थानमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ। बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन लागेको हो। पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको
जल पर्यटनमा आश्रित मजदुरलाई १० दिने रोजगारी
मुग्लिन- जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिएको छ । कोभिड-१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारको कामसहित रोजगार प्रदान गरिएको हो । ७ देखि १०
पर्यटकका लागि शुक्लाफाँटा खुला
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो। विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएको हो। हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिइ प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत
बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’
काठमाडौं- बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ । जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी होहल्ला भएको र प्राधिकरणको हवाई सेफ्टी टिमले छानबिन गरिरहेकाले दुवैलाई थप दुई दिन उडान भर्न नदिने निर्णय भएको हो । जहाज इन्सिडेन्टमा परेयता सोमबारदेखि दुवै जनालाई
खोप लगाएका पर्यटकले श्रीलंका जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने
काठमाडौं– श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थल भएर भित्रिने पर्यटकका लागि यसअघि अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ। पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नुनपर्ने श्रीलंकाका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइकेले बताए। उनले भने, ’पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि