सानिमा बैंकको साधारण सभा कात्तिक १४ गते, १७ प्रतिशत लाभांश पारित हुँदै
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न सानिमा बैंकको साधारण सभा बोलाएको छ। बैंकको १७ औं वार्षिक साधारण सभा कात्तिक १४ गते आइतबार आम्रापाली बैंक्वेट बालुवाटार हुने भएको हो।
कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक सेयरधनीलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव समेत सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ।
सम्बन्धित खबर
मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला
१९ मंसिर २०८२, बिहीबार
१२५ सीसीदेखी हजार सीसीसम्मको मोटरसाइकलको मूल्य बढ्यो, कुनको कति बढ्यो कर ?
१९ मंसिर २०८२, बिहीबार
न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि निष्काशन
१९ मंसिर २०८२, बिहीबार
