हालसम्म पनि पूर्ण सञ्चालन हुन सकेनन् वर्षाका कारण अवरुद्ध १३१ सडक
काठमाडौं– बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालन हुन सकेका छैनन्। तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ।
सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकातर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागको भनाइ छ।
अहिले एकातर्फबाट मात्रै सञ्चालनमा रहेका सडकमा ‘स्पेसिफिक’ काम गर्नुपर्ने भएकाले त्यो काम ठेक्का लगाएर सम्बन्धित डिभिजन सडक कार्यालयले गर्ने विभागले जनाएको छ। विभागलाई सडक पूरै अवरुद्ध हुँदा एकतर्फी खोल्न चाप हुने तर एकातर्फ खुलेपछि पैदल यात्रु र सवारीसाधन आवत जावत गर्न सक्ने भएकाले फुर्सदमा गर्न सकिने विभागको भनाइ छ।
विगतका वर्षभन्दा यो वर्ष वर्षाका कारण धेरै सडक बिग्रिएको विभागको भनाइ छ। यो वर्ष लामो समय भारी वर्षाका कारण सडकमा बढी क्षति पुगेको हो। क्षति पुगेकामध्ये अहिले कुनै पनि सडक ठप्प नै नरहेको विभागले जनाएको छ।
सम्बन्धित खबर
कुमारी बैंकलाई ‘Excellence In E-Commerce Business 2022’ अवार्ड
१९ मंसिर २०८२, बिहीबार
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला
१९ मंसिर २०८२, बिहीबार
नेपालले गुमाएको आत्मनिर्भरता : उद्योगहरूको विस्तार हुन नसक्नुका कारण
१९ मंसिर २०८२, बिहीबार
