दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब ७७ करोडको करोबार

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं- लगातार वृद्धि हुँदै आएको सेयरबजार आज दोहोरो अंकले ओरालो लागेको छ। आज पुँजीबजार मापक परिसूचक ‘नेप्से’ १७.७५ अंकले घटेर २८१९.८७ विन्दुमा ओर्लिएको छ।

गत साताबाट नेप्से लगातार उच्च अंकले बढ्दै आएको थियो।

नेप्सेमा आज सात अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२६ वटा कम्पनीका एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता सेयर ८० हजार ३५१ पटक किनबेच भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा ओर्लिएको छ।

आज मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा कारोबारमा सकारात्मक सर्किट लागेको थियो। साहस ऊर्जा कम्पनी र पाँचथर पावर कम्पनीको मूल्य पनि बढेर सर्किट लेभलनजिक पुगेको थियो। कामना सेवा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.७२ प्रतिशतका दरले गुमाएका छन्।

आज महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै ३६ करोड ५८ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सेयर सबैभन्दा धेरै पाँच लाख २३ हजार ९२५ कित्ता दुई हजार ४२८ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

आज बैंकिङ, होटल तथा पर्यटन र इन्भेस्टमेण्टबाहेक सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp