Banking Khabar
Heading3

लुम्बिनी विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

January 23, 2022
सेयर:

लुम्बिनी विकास बैंकले ४० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी उद्धव प्रसाद ढुंगानाको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।