नेप्से आइतबार उकालो, बीमा समूहमा अझै दबाब

Heading1 BusinessSarokar | १५ पुष २०८२, सोमबार

५ असोज, काठमाडौं ।
गत बिहीबार लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि ओरालो लागेको सेयर बजार आइतबार केही सम्हालिएको छ। सुरुवाती कारोबारको पहिलो घण्टामै नेप्से परिसूचक २२ अंकले उकालो लागेको छ। सो अवधिसम्म ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ।

१५३ कम्पनीको मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर छ। तर निर्जीवन बीमा समूह भने भारी दबाबमा छ — यो समूह पहिलो घण्टामै ७.१ प्रतिशतले घटेको छ। बीमा दाबी माग उच्च दरमा बढेपछि नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्यमा ठूलो गिरावट देखिँदा अन्य समूह पनि ३.५२ प्रतिशतले ओरालो लागेको छ।

होटल तथा पर्यटन समूह पनि प्रभावित भएको छ, जसले पहिलो घण्टामा १.७ प्रतिशतको गिरावट भोग्यो।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य १० प्रतिशतले घटेको छ भने आईजीआई प्रुडेन्सियल र तारागाउँ रिजेन्सीको मूल्य ९ प्रतिशतले कम भएको छ।

बैंकिङ, विकास बैंक, लगानी र हाइड्रोपावरजस्ता समूह भने बलियो प्रदर्शन गर्दै २ प्रतिशतभन्दा बढीले बढेका छन्।
हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशतले उकालो लागेको छ। धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सीईडीबी होल्डिङ्स परेका छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp