मंसिर १ देखि नयाँ महसुल दर लागु हुँदै, २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– विद्युत् प्राधिकरणले  मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु गर्ने भएको छ। विद्युत् महसुल निर्धारण आयोगबाट प्रस्तावित नयाँ दर स्वीकृत भएसँगै नयाँ महसुल लागु गर्ने तयारी गरिएको हो। नयाँ दरअनुसार मासिक २० युनिटसम्म बिजुली खपत गनेले  छुट पाउनेछन्।नयाँ महसुलमा मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेले  निःशुल्क बिजुली पाउने व्यवस्था गरेको एक कर्मचारीले बताए।

आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनेलाई घरायसी खपतमा प्रयोग हुने बिजुलीसमेत सस्तो बनाएको दावी गरेको छ।

अहिले पनि रातको समयमा बिजुली खेर गइरहेको र बर्खामा पनि करिब ५ सय मेगावाट बिजुली बढी हुने भएपछि विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम सरकारले गरिरहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp