आगामी पाँच वर्षका लागि यस्ता छन् भौतिक पूर्वाधारका १२ प्राथमिकता

Heading3 BusinessSarokar | १५ पुष २०८२, सोमबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी पाँच वर्षका लागि १२ वटा आयोजनाहरूलाई प्राथमिकताको सूचीमा राखेको छ।

जसअन्तर्गत चार वटा पूर्वपश्चिम राजमार्ग पहिलो प्राथमिकतामा राखिएको छ।

जसमा पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड (झापा बुटवल ५८७ किमी)लाई चार लेनमा विस्तार गर्ने योजना छ।

त्यस्तै, पूर्वपश्चिम महेन्द्र राजमार्गको पश्चिम खण्ड बुटवल गड्डाचौकी ४३९ किमीलाई पनि चार लेनमा विस्तार गर्ने तयारी गरिएको छ।

हुलाकी राजमार्ग र तराईका ३१ वटा उत्तर दक्षिण सडकहरू गरी कुल १७५८ किलोमिटर (किमी) लाई कालोपत्र स्तरमा निर्माण सक्ने लक्ष्य छ।

त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्गको १८७९ किमी निर्माण सक्ने योजना छ। मदन भण्डारी राजमार्गको पश्चिम खण्ड निर्माण सुरू गर्ने मन्त्रालयले जानकारी दिएको छ।

दोस्रो प्राथमिकतामा अरनिको राजमार्ग रहेको छ। यो राजमार्गको ८४ किमीलाई दुई लेनमा विस्तार गर्ने उल्लेख छ।

गल्छी रसुवागढी सडकको ८४ किमीलाई दुई लेनमा विस्तार गर्ने योजना छ।

कालीगण्डकी, बेनी, जोमसोम कोरोला सडक १८४ किमी दुई लेनमा विस्तार गर्ने योजना छ।

नागढुंगा र सिद्धबाबा सुरूङ पनि पाँच वर्षको अवधिमा सक्ने लक्ष्य छ। टोखा–छहरे, सुरूङमार्गको अध्ययन सक्ने उल्लेख छ।

सूर्यविनायक–धुलिखेल सडकलाई चार लेनमा विस्तार गर्ने र काठमाडौं तराई द्रुतमार्ग निर्माण सक्ने उल्लेख छ।

खुर्कोट–चियाबारी सुरूङमार्गको अध्ययन सकेर निर्माण थाल्ने योजना मन्त्रालयको छ।

पूर्वपश्चिम विद्युतीय रेलमार्ग योजना अघि बढाउने तथा काठमाडौं उपत्यकामा मेट्रोरेल अघि बढाउने योजना छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp