६ घण्टा फेसबुक बन्द हुँदा कति रकम लाग्यो घाटा?

काठमाडौं- फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र व्हाट्सएप प्राविधिक समस्याका कारण ६ घण्टा बन्द भए। यी सामाजिक सञ्जालमा आएको खराबीका कारण विश्वभर साढे तीन अर्ब मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको बीबीसीले जनाएको छ। प्राविधिक समस्याका लागि मुख्य कम्पनी फेसबुकले माफी मागेको छ। तर, उसले यसको पछाडिको कारण भने उल्लेख गरेको छैन। विश्लेषकहरुका अनुसार फेसबुक र अरु सामाजिक


६ घण्टापछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टा

काठमाडौँ- विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टापछि सुल्झिएको छ । फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।   यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका


भिभो ‘लक्की ड्र’ अभियानमा आकर्षक उपहार जित्‍ने अवसर

काठमाडौं- स्मार्ट फोन उत्पादक कम्पनी भिभोले दसैंको अवसरमा ‘भिभो लक्की ड्र अभियान’ सञ्‍चालनमा ल्याएको छ। उक्त अभियानअन्तर्गत प्रत्येक भिभो स्मार्ट फोन खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भिभो स्मार्ट फोन खरिद गर्ने ग्राहकले यो अभियानमा सहभागिता गर्ने मौका पाउनेछ। भिभो स्मार्ट फोन कुनै


यी हुन् नेपाली बजारमा आएका रियलमीका चार नयाँ स्मार्टफोन

काठमाडौं – स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चार नयाँ उत्पादनहरु लेराएको छ। कम्पनीले रियलमी सि११, रियलमी सि२०, रियलमी सि २१ र रियलमी८ लेराएको हो। यसमध्ये रियलमी सि२० र सि२१ अघिल्लो संस्करणहरुमा उपलब्ध विशेषताहरु भन्दा परिष्कृत रहेको कम्पनीको भनाइ छ। यी दुवै फोनमा ६.५ इन्च डिस्प्ले राखिएको छ। रियलमी सि२१ मा ४ जिबी र्याम र ६४


उपल्लो मुस्ताङमा सञ्चार सहज

म्याग्दी – मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ । घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ । देश ,विदेश र


नेपाल भित्रियो साओमीको रेडमी १० प्राइम, यस्तो छ मूल्य र फिचर

काठमाडौं– चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीको पछिल्लो संस्करणको फोन ‘रेडमी १० प्राइम’ नेपालमा लञ्च भएको छ। नेपालसहित अन्य बजारमा खुबै चर्चा कमाएको रेडमी ९ प्राइमको सफलतापछि कम्पनीले त्यसकै अपग्रेटेड भर्जनका रुपमा रेडमी १० प्राइम ल्याएको हो। यो फोन ५० मेगापिक्सल क्यामेरा भएको पहिलो रेडमी फोन भएको पनि कम्पनीको दाबी छ। यो फोनमा हेलियो जी–८८ चिपसेट


एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३

काठमाडौं– एप्पलले आइफोन १३ सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी आइफोन १३ सँगै आइफोन मिनी सार्वजनिक गरेको हो। आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने  मिनी ५.४ इन्चको रहेको छ। यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन्। यी दुवैमा ए १५ बायोनिक चिप रहेको छ। अनि यी दुवै फोनमा  लामो समय


मोटरसाइकल चलाउँदा आइफोनको क्यामेरा बिग्रिन सक्छ: एप्पलले

काठमाडौँ- मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एप्पलले सुझाव दिएको छ। एप्पलले मोटरसाइकलको कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्ने जनाएको हो । म्याकरूमर्स वेबसाइटले फेला पारेको एप्पलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ। उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा


एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको


सिजीको ‘यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ योजना सार्वजनिक

सिजीले नजिकिदै गरेको दशैं र तिहार लक्षित ‘यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास व्याक तथा उपहारहरु पाउन सकिने कम्पनीले बताएको छ। ५५ हजारसम्मको महाबचत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई