बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, सेवा प्रवाह गर्ने समय थपियो
नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्था शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ। राष्ट्र बैंकका गभर्नरको आज (वैशाख २८ गते)को स्वीकृतिबमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र
१ अर्ब निक्षेप संकलन हुँदा ३ अर्ब कर्जा लगानी
एक सातामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ । बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक
मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुन नियुक्त
मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रद्युमन पोख्रेल पुनः नियुुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । संचालक समितिले उनलाई आगामी जेठ १ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो । उनी यस अगाडि २०७५ साल जेठ १ गतेबाटै बैंकको सिइओमा नियुक्त भई कार्यभार सम्हाल्दै आएका
कुमारी बैंकको क्युआर कोडबाट ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना भुक्तानी
कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सिँधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिकप्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत् रुपमा सेवा सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य
नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका
राष्ट्र बैंक शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै
नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा
नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधन परामर्शको क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले नबिल बैंकलाई यो अवार्ड प्रदान गरेको हो। कम्पनीले वार्षिक रुपमा आयोजना गर्दै आएको मानव संसाधन विकासकेन्द्रित कार्यक्रम एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो। आफ्ना जनशक्तिलाई
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपूर टाउन रेसिडेन्सीमा १०% छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा१० प्रतिशत छुट पाउने भएका छन् । बैंकको भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त छुट पाउने भएका हुन् । यसका लागि बैंक र रेसिडेन्सीबीच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई