रसुवा नाकाबाट विद्युतीय माइक्रोबस आयात बढ्दो
रसुवा – नेपालको उत्तरी नाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । शहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दशैं लगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका
प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ
काठमाडौं- प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ । यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय
बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धान नष्ट
काठमाडौं– असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाले ७ अर्ब २२ करोडको धानबाली नष्ट भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार सर्वाधिक धानमा क्षति लुम्बिनी प्रदेशमा भएको छ। बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा कृषकले काटेको धान पानीमा डुबेको थियो। त्यसबाट कृषकलाई ४ अर्ब ५१ करोडको क्षति पुगेको छ। वर्षाले उक्त प्रदेशमा एक लाख ६१ हजार २२३ मेट्रिक
सर्लाही नवलपुरमा नयाँ सब–स्टेसन, अब उद्योगहरुलाई पर्याप्त विजुली
सर्लाही- नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन सरकारको लगानीमा सबस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै
खाद्यान्न लगायतका आधारभूत समस्या भए तत्काल खबर गर्न प्रभावितलाई सरकारको आग्रह
काठमाडौँ – बाढी, पहिरो र डुबान प्रभावितहरुलाई खाद्यान्न लगायतका आधारभूत समस्या भएमा तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ । सङ्घ, प्रदेश र पालिका गरी तीनै तहको सरकारले प्रभावितहरूका लागि हिजोदेखि राहत वितरण गरिरहे पनि पहुँचमा पुग्न नसकेका वा समस्यामा परेकाहरुले तत्काल खबर गर्न गृह मन्त्रालयले आग्रह गरेको छ । अहिले बाढी र पहिरोका कारण
३३ उद्योगी–व्यावसायीलाई राष्ट्रपतिद्वारा मानपदवी
काठमाडौं- सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई विभूषण दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम राष्ट्रपतिले आइतबार ९०३ व्यक्ति तथा संस्थालाई मानपदवी, अलंकार र पदक दिने सार्वजनिक गरेकी हुन् । सूचीअनुसार ३३ जना उद्योगी व्यवसायीलाई मानपदवी दिने उल्लेख छ । जसमा मानपदवी तृतीय श्रेणीको सुकीर्तिमय राष्ट्रदीप
अपार्टमेन्ट किन्दै हुनुहुन्छ ? अब रिङरोडमा नै सुविधा सम्पन्न अपार्टमेन्ट मात्र ८० लाखमा (पूरा पढ्नुहोस)
काठमाडौं -धुमबाराहीस्थित रिङरोडबाट नजिकै सनसाइन अपार्टमेन्टमा २ वटा १३ तले भवन निर्माण भइरहेको छ । र, अहिले सम्पूर्ण काम सकाएर दशैं अगावै वा दशैं लगत्तै बुकिङ ओपन गर्ने तयारी भइरहेको छ । पछिल्लो समयमा राजधानीभित्रै ३ देखि ३० करोड रुपैयाँसम्मका अपार्टमेन्ट निर्माण भइरहेका बेलामा शाक्यको कम्पनीले भने मध्यम वर्गीय परिवारलाई लक्षित गरी अपार्टमेन्ट निर्माण गरेका
भोलिदेखि ४३ स्थानमा सुपथ मूल्य पसल
काठमाडौँ – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भोलिदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै
चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि, दैनिक उपभोग्य वस्तुमा २० प्रतिशतसम्म छुट
काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको
बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको (Mutual Seasonal Power Exchange ) प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने