Banking Khabar
बैंकिङ

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट

October 6, 2021
सेयर:

२० असोज, काठमाडौं मुक्तिनाथ विकास बैंक र महेन्द्र नारायण निधि मेमोरियल अस्पतालबीच सम्झौता भएको छ ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

सम्झौता पछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, र्फामेसी, प्रक्रियामामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।